
लन्डन । चलचित्र ‘शत्रु गते’ को वहुचर्चित गीत ‘रुपै मोहनी…’ का गायक टंक बुढाथोकीको स्वर एवं संगीत रहेको ‘किन
हेरयौ फर्किएर…’ बोलको गीतमा म्यूजिक भिडियो तयार भएको छ ।
लन्डनमा यसै साता आयोजित इनास यूरोप सम्मेलनको विशेष अवसर पारी वरिष्ठ संगीतकार एवं गायक किरण प्रधान र इनास ग्लोवल अध्यक्ष पुष्प बरुवालले संयुक्त रुपमा उक्त भिडियो सार्वजनिक गरेका हुन् ।
उक्त भिडियो करिब ३५ हजारले हेरिसकेका छन् । भिडियो निर्देशन, छायांकन तथा सम्पादन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । म्यूजिक भिडियोमा लन्डनका दृश्य समावेश छ ।
अध्यापन पेशामा संलग्न सर्वेन्द्र अधिकारीले उक्त गीत लेखेका हुन् र भिडियोमा अधिकारी आफैं पहिलो मिसेस नेपाल यूके आस्था जोशीसंग अभिनय गरेका छन् । मिसेस नेपाल यूके आस्था पहिलो पटक निर्देशक कुशल श्रेष्ठसंग म्यूजिक भिडियोमा काम गर्न पाएर दंग छिन् । विगत दश वर्षदेखि स्थायी रुपमा बेलायत बस्दै आएका सर्वेन्द्रको रेकर्डिङ गरिएको यो पहिलो गीत हो ।
भिडियोमा सह निर्देशन विष्णु श्रेष्ठ, सह छायांकन विकेश राज बस्नेत तथा मेकअप दिपिका श्रेष्ठको छ ।
हेर्नुहोस् भिडियो-
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]