काठमाडौं १४ बैशाख- बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा गएको भ्रमण टोलीमा समाजका अध्यक्ष पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, पुष्पा खनाल, वरिष्ठ कवि मञ्जुल, समाजका सदस्यहरू सरस्वती शर्मा ‘जिज्ञासु’, नवराज पुडासैनी ‘ज्योत्सना’, मोहन चापागाइँ, रेखा कणेंल, दुर्गादेवी चापागाइँ र साहित्यकार सुस्मिता नेपाल सहभागी हुनुहुन्छ ।
नेपाल स्रष्टा समाज र बङ्गलादेशका साहित्यिक संस्थाहरूबीच १० वर्षदेखि साहित्य तथा सांस्कृतिक आदानप्रदानका विषयमा सहकार्य हुँदै आएको छ । यसअघि पनि यसप्रकारका भ्रमणहरू सम्पन्न भइसकेका छन् भने नेपाली साहित्यलाई बंगाली भाषा र बंगाली साहित्यलाई नेपाली भाषामा अनुवाद गरी विभिन्न साहित्यिक कृति पनि प्रकाशित भएका छन् ।
यसैबीच, नेपाल स्रष्टा समाजले राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मोफसलको साहित्यिक गतिविधि, साहित्यिक संस्थाहरुलाई दिगोरूपमा कसरी चलाउने, नेपाली स्रष्टाहरूलाई विदेशमा रहेका स्रष्टाहरूसँग कसरी अन्तरक्रिया गराउने, बङ्ग्लादेशसँग समाजले सहकार्य गरेझैं अन्य दक्षिण एसियाली देशमा नेपाली साहित्य कसरी आदानप्रदान गर्नेजस्ता विभिन्न पक्षमा स्रष्टाहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मीले समाजले देशको साहित्यिक क्षेत्रको विकासमा पुरयाएको योगदान महत्वपूर्ण रहेको बताउँदै पश्चिम नेपालतिर पनि आफ्ना कार्यक्रमहरू र सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा विधान आचार्य, चेतनाथ कणेल ‘हरित’, पुष्पा खनाल, गोकुल अधिकारी, नवराज तिमिल्सिना, राधिका गुरागाईं, रमेशजङ्ग थापा, गोपाल अश्क, रञ्जना निरौला, हरि सुवेदीलगायतका स्रष्टाहरूले आफ्ना धारणा राख्नु भएको थियो । समाजमा हाल देशभर छरिएर रहेका १५५ जना साहित्वकार संलग्न हुनुहुन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता