सुर्खेत-कर्णाली प्रदेशसभाको १६ औं बैठकमा रु एक अर्ब दुई करोड पाँच लाखको बजेट पेश गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा आर्थिक वर्ष ०७४-०७५ को अन्तिममा भए पनि तीन महिनाका लागि बजेट ल्याइएको बताए ।
विनियोजित बजेटमा चालूतर्फ रु ४३ करोड ८४ लाख तीन हजार (४२.९५%) र पूँजीगततर्फ रु.५८ करोड २० लाख ९७ हजार (५७.०५%) छ । योजनामन्त्री ज्वालाका अनुसार बजेटले १४ क्षेत्रलाई प्राथमिकता दिएको छ ।
बजेटमा सडक, विद्युत्, खानेपानी, सिँचाइ, सूचना प्रविधिजस्ता भौतिक पूर्वाधार विकास, प्रदेश संगठन संरचनालगायत आवश्यक भौतिक पूर्वाधारको निर्माण, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनलाई बढी प्राथमिकता दिइएको छ ।
त्यसैगरी कृषि पेशाको व्यवसायीकरण, विविधीकरण र बजारीकरण, व्यवसायमैत्री उद्योग, कलकारखाना तथा वाणिज्य क्षेत्र, जनमुखी व्यावसायिक शिक्षा, सर्वसुलभ सुविधायुक्त स्वास्थ्य सेवा, दक्ष र सीपयुक्त जनशक्तिको उत्पादन र मानव स्रोतको उचित व्यवस्थापन पनि प्राथमिकतामा राखिएको छ ।
जडिबुटीको व्यावसायिक प्रवर्धन, प्राङ्गारिक प्रदेशको आधारशिला निर्माण, सहकारी व्यवसाय प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन र एकता, सामाजिक सद्भाव र समावेशितामा जोड दिने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।
योजनामन्त्री ज्वालाले चालु आवमा प्रदेश राजश्व असुलीसम्बन्धी अलग्गै कानून तर्जुमा भइनसकेको र राजश्व संकलन तथा असुली संघीय आर्थिक ऐनअनुसार भइरहेकाले संघीय सरकारबाट वित्तीय सामान्यीकरण अनुदानस्वरुप प्राप्त रकमलाई शीर्षकगत बाँडफाँट तथा विनियोजन गरेको बताए ।
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप