काठमाडौँ-संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयमा लागू शुल्क वृद्धि फिर्ता गराउन माग गर्दै आन्दोलनको घोषणा गरेको छ । अनेरास्ववियुको कार्यालय बागबजारमा मंगलबार बसेको बैठकले संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ विपरित निजी विद्यालयले लिएका शुल्क फिर्ताको माग गर्दै आन्दोलन घोषणा गरेको हो ।
अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुल्क वृद्धि फिर्ता गराउन दवाव दिन ज्ञापनपत्र बुझाउनेदेखि शिक्षा विभाग घेराउ गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।
आगामी बुधबारदेखि थालिने विरोध कार्यक्रममा शिक्षा विभागको घेराउ तथा धर्ना कार्यक्रमसम्मको रहेको बर्तौलाले जानकारी दिए ।
आगामी बजेटमा शिक्षामा २० प्रतिशत बजेट छुट्याउन, चर्को शुल्क वृद्धि घटाउन, विद्यार्थीलाई प्रमाणपत्रका आधारमा शैक्षिक कर्जा दिने निर्णय लागू गराउन र विद्यालय तहको शिक्षा निःशुल्क बनाउने संवैधानिक प्रावधान कार्यान्वयन गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
बैठकमा अनेरास्ववियुका कावा अध्यक्ष बर्तौला, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेल र नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष निरज लवजुलगायतको सहभागिता थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?