काठमाडौँ-निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोटन गराएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी भर्खरै मात्र तीन तहका निर्वाचनलगायत सम्पूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको घटनालाई ध्यानमा राखी डा यादव र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा भएको घटनाको यथाशीघ्र छानवीन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।
आइतबार राति डा यादवको निवासमा विष्फोट हुँदा निजी निवासका पर्खाल, झ्याल, ढोकालगायत अधिकांश स्थानमा क्षति पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा