काठमाडौँ-नेकपा एमाले निकट अनेरास्ववियुको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलाले पाएका छन् ।
अनेरास्ववियूका अध्यक्ष तथा सांसद नवीना लामाले आफूले व्यक्तिगत र पारिवारिक कारणले संगठनको नियमित कार्यसम्पादन र नेतृत्वको अगुवाइ गर्न नसक्ने जनाउँदै सोमबारदेखि कावा अध्यक्षको काम गर्ने गरी उनलाई जिम्मेवारी दिएकी हुन् ।
अनेरास्ववियूको २२ औँ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा निर्वाचित भएकी थिइन् ।
युवा संघमा पद हस्तान्तरण
युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजीव पहारीले अध्यक्ष रमेश पौडेललाई आज पद हस्तान्तरण गरेका छन् । युवा संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पहारीबाट पद ग्रहण गर्दै अध्यक्ष पौडेलले राष्ट्रको समृद्धि र विकासका लागि युवालाई अगाडि बढाउने तथा ‘एक युवा एक रोजगार’ सिर्जना गरिने बताए ।
कार्यक्रममा सांसदद्वय तथा युवा संघका पूर्व अध्यक्षद्वय महेश बस्नेत, नीरु पाललगायतले युवा आन्दोलनलाई युवाको विषयमा केन्द्रित गर्नुपर्ने बताए ।
युवा संघका निवर्तमान अध्यक्ष पहारी कास्कीबाट प्रदेशसभामा निर्वाचित भएपछि यही वैशाख ३ र ४ गते सम्पन्न भएको संघको केन्द्रीय कमिटी बैठकले पौडेललाई निर्वाचित गरेको हो । बैठकले उपाध्यक्षमा किरण पौडेल, प्रभातविक्रम कटुवाल, क्रान्ति बुर्लाकोटी, परशुराम बस्नेत, गोविन्द थापा र चन्द्र लामा तथा महासचिवमा नरेश शाहीलाई चयन गरेको हो ।
विसं २०६९ फागुन ११ गते भएको संघको आठौँ राष्ट्रिय महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन । प्रत्येक तीन तीन वर्षमा हुनुपर्ने महाधिवेशन हुन नसकेपछि केन्द्रीय कमिटी बैठकले नेतृत्व चयन गर्दै आएको छ ।
यसअघि पाल र पहारीलाई पनि केन्द्रीय कमिटीले अध्यक्षमा निर्वाचित गरेको थियो ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]