लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले गत शनिबार अल्डरसटमा ‘नयां वर्ष शुभकामना सांझ’ कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख आकर्षण रहे नेपालबाट आएका चर्चित लोकगायक बिमलराज क्षेत्री । सोसाइटीको निमन्त्रणामा लामो थकानबीच यूके टेकेकै सांझ पर्वते गायक क्षेत्रीले एम्पायर हलमा करिब दर्जन गीत गाएर दर्शकलाई छमछमी नचाए । क्षेत्रीका लोकदोहोरी गीत सुनेर यूकेवासी पर्वते मन्त्रमुग्ध नै बने । गायक क्षेत्री बाहेक मोडल तथा चर्चित गायिका प्रिति आले र गायक रमेशराज भट्टराईले पनि मनोरन्जन दिलाए ।
पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएन अगुवाहरु जीवा लामिछाने, रामप्रताप थापा, कुमार पन्त, कुल आचार्य, चिरन्जिवी ढकाल, रामशरण सिम्खडा, कृष्ण भट्ट, विजन भट्ट लगायत सयौं सहभागी भए ।
उक्त कार्यक्रममा विशेष अतिथी, अतिथी र अन्य सहभागीले नयां वर्ष शुभकामना आदानप्रदान गरे । कार्यक्रममा प्रमुख अतिथी थिए लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण । कार्यक्रममा विशेष अतिथी एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत सेवा समाजका अध्यक्ष पुरन गिरी, अन्तर्राष्ट्रिय पर्वत सेवा समाजका उपाध्यक्ष एवं पर्वत सेवा समाज बेल्जियमका अध्यक्ष झलक केसी, दूतावासका थर्ड सेक्रेटरी तेजेन्द्र रेग्मी पनि अतिथीको रुपमा सहभागी थिए ।
त्यस्तै, बाग्लुङ समाज यूकेका उपाध्यक्ष छवीमाया पुन, तमु समाज यूके अध्यक्ष अर्जुनकुमार गुरुङ, मगर संघ यूकेका पूर्व अध्यक्ष थर्क राना, संस्थाका सल्लाहकारहरु पैंयू खोला मगर समाज यूकेका धन थापा, दुर्लुङ समाज यूकेका अध्यक्ष रक्ष गुरुङ, सालिजा समाज यूकेका अध्यक्ष गंगा खोजा, चार भन्ज्याङ तमु समाज यूकेका अध्यक्ष कृष्ण गुरुङ, पैंयू खोला तमु समाजका अध्यक्ष क्याप्टेन कर्णबहादुर गुरुङ लगायतको विशेष उपस्थिति थियो । कार्यक्रममा पर्वत जिल्ला भित्रका १८ वटा संस्थाका प्रतिनिधि समेत सहभागी थिए ।
कार्यक्रममा शुभकामना दिंदै एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यले विदेशमा रहेर पनि स्वदेशका निम्ति सहयोग गर्ने सबै गैर आवासीय नेपालीप्रति आभार व्यक्त गरे । उनले जन्मभूमिको माया गरिरहन र आफूले आर्जन गरेको थोरै भएपनि सीप र कमाई समाजसेवामा लगानी गर्न आग्रह गरे ।
अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले सोसाइटीले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै आगामी जुन ३ मा अक्षयकोष स्थापनार्थ अल्डरसटमा हुने विशेष च्यारिटी शो मा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।
पर्वत सेवा समाज बेल्जियमका अध्यक्ष झलक केसीले शुभकामना दिंदै पर्वत वेलफेयर सोसाइटी रहरले नभई सेवा भावले खोलिएको संस्था भएको बताउंदै यसले गरेका सामाजिक गतिविधिहरुको जानकारी दिए ।
कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सन्जिव गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा पर्वतबाट बेलायत बसोबास गरि विशिष्ट योगदान पुरयाउने व्यक्तिहरुलाई सम्मान गरियो । सम्मानित हुनेमा मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ, काउन्सिलर डा. जगन्नाथ शर्मा, मेजर धीर पुन, समाजसेवी गोलमान गुरुङ, चन्द्रबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, धन क्षेत्री, यज्ञ क्षेत्री, सरस्वती केसी, ध्रुव दत्त लगायत थिए ।
सामाजिक क्षेत्रमा योगदान पुरयाएको भन्दै सूर्य गुरुङ, क्याप्टेन एकनारायण गुरुङ, उज्वल गुरुङ, पूर्ण गुरुङ र झक गुरुङ लाई पनि सम्मान गरिएको पर्वत वेलफेयर सोसाइटी यूकेका महासचिव भरत पौडेलले जानकारी दिए ।
त्यस्तै सन् २०१७-१८ मा ग्राजुएसन गरेका विद्यार्थीहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
सांगीतिक माहोलमा भएको उक्त कार्यक्रम सफल बनाउन उपाध्यक्ष एक पुन, कोषाध्यक्ष नेत्र आले मगर, सचिव विनोद पुरी, सदस्यहरु भीम पूर्जा, मेख पुन, अप्सरा गुरुङ, चित्र प्रकाश गर्बुजा, गंगा खोर्जा, किरण चुचांगी पुन लगायत सम्पूर्ण कार्यसमिति खटिएको थियो ।
राफल ड्रको पुरै व्यवस्थापन संस्थाका सदस्य अंग गर्बुजामगरले गरेका थिए भने कलाकार व्यवस्थापन हाम्रो नेपाली समाज वेष्ट मिड्ल्याण्डले गरेको थियो ।
अध्यक्ष दधि आचार्यले नयां वर्षको शुभकामना दिंदै सहयोगी सबैप्रति आभार व्यक्त गरे । उनले संस्थाले गरेका कार्यहरुको फेहरिस्त पनि प्रस्तुत गरेका थिए । संस्थाले पर्वत जिल्लाको सदरमुकाम कुश्मास्थित शिवालय माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीको लागि १० लाखको अक्षयकोष स्थापना गरेको छ भने भूकम्पको बेलामा आठवटा विद्यालयको पुनर्निर्माणमा पनि सहयोग गरेको थियो । यी बाहेक मानवीय समस्या जस्तै- मृगौला, क्यान्सर पीडित र घरवार विहीनलाई आर्थिक सहयोग देखि राष्ट्रिय महत्वको विषय महावीर पुनको आविष्कार केन्द्रलाई समेत सहयोग गरिएको आचार्य बताउंछन् ।
तस्विरहरु- शिव भण्डारी
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक