
लन्डन । साहित्य चौतारी यूकेले बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नवीनतम् नियात्रासङ्ग्रह भाया साक्रामाथि लन्डनमा अन्तरक्रिया गरेको छ । कार्यक्रममा समीक्षक विजय सापकोटा, डा. रुपक श्रेष्ठ र वासु शर्माले कृतिका बारेमा आ-आफ्नो धारणा राखे ।
समालोचक विजय सापकोटाले धेरै समयपछि गहन विषयमा स्तरिय कृति नेपाली साहित्यमा आएको बताउंदै यस नियात्रासङ्ग्रहमा लेखकको अध्ययनको दायरा फराकिलो देखिएको उल्लेख गरे । उनले त्यस सङ्ग्रहबाट ज्ञान, विज्ञान, इतिहास, दर्शन आदिको अथाह जानकारी पाठकले पाउने कुरा समेत बताए ।
साहित्यकार डा. रुपक श्रेष्ठले भाया साक्रामा पोखिएको नेपाल राष्ट्र प्रेमको प्रशंसा गरे । उनले उक्त सङ्ग्रहमा डायोस्पोरिक चेत रहेको बताउंदै नियात्रासङ्ग्रहमा पनि डायोस्पोरिकता ल्याउन सक्नु लेखकको विशेष क्षमता भएको बताए ।
साहित्यकार वासु शर्माले युरोपियन देशको भ्रमणका बारेमा लेखिएको यात्रामा लेखक जतातै नेपाल खोज्दै र सम्झंदै हिंडेको सुःखद पक्षको चर्चा गर्दै भाया साक्राले शिक्षा मात्र होइन, आनन्द पनि दिने टिप्पणी गरे ।
नियात्राकार बजगाईंले आफूले विशेष मिहेनत र अनुसन्धान पश्चात भाया साक्रा लेखेको बताउंदै आगामी दिनमा अरु नयां विषयमा यस्तै खोजमूलक नियात्रा लेख्ने प्रण गरेका थिए ।
कार्यक्रममा साहित्यकार गोपी सापकोटा, दिनेश पौडेल, अर्कराज तिम्सिना, विजय हितानले पनि बोलेका थिए ।
साहित्य चौतारी यूकेले मासिक रुपमा बेलायतमा साहित्यिक अन्तरक्रिया, कविता वाचन आदि गतिविधि गर्दै आएको छ ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]