बुटवल-नेपाली फौजले अंग्रेज फौजलाई विसं १८७१मा पराजित गरेको बुटवलको जीतगढी किल्लामा बुटवल उपमहानगरपालिकाले आज विजयोत्सव दिवस मनाएको छ । नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेका अवसरमा उपमहानगरपालिकाले पहिलो पटक आजको दिनलाई ‘जीतगढी विजयोत्सव दिवस’का रुपमा मनाएको हो ।
विजयोत्सव समारोहलाई सम्बोधनका क्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक जीतगढी किल्ला प्रदेशको मात्र नभई राष्ट्रकै शिर ठाडो बनाउने ऐतिहासिक महत्वको सम्पदा भएको बताउँदै उपमहानगरले शुरु गरेको अभियानमा प्रदेश सरकारको पूर्ण सहकार्य हुने प्रतिबद्धता जनाए ।
समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेशसभा सदस्य बलदेव शर्मा पोखरेल, भोजप्रसाद श्रेष्ठलगायतले हालसम्म उचित संरक्षण र प्रचारप्रसारका अभावमा ओझेलमा परेको जीतगढीको मुहार फेर्न आफूहरुको पनि सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे ।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण जीतगढीको संरक्षण, सम्वद्र्धन र विकासका लागि रु ५० लाख बजेट छुट्टाएर काम थालिएको बताउँदै उक्त स्थानमा हालसम्मकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाइने जानकारी दिए ।
जीतगढी क्षेत्र रहेको बुटवल वडा नं १ र २ का घरमा एउटै प्रकारको रङ लगाई बस्तीलाई पुरातात्विक क्षेत्रका रुपमा विकास गरिने तथा किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचना विस्तारै हटाइने बताइएको छ ।
अहिले वडा नं १ को कार्यालय रहेको क्षेत्रमा जीतगढी युद्ध संग्रहालय बनाइने लक्ष्य रहेको नगर उपप्रमुख गुमादेवी आचार्यले बताइन । जीतगढी किल्लामा कार्यक्रम हुनुअघि विभिन्न साँस्कृतिक प्रस्तुतिसहितको प्रभातफेरी निकालिएको थियो ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै