
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनका उपराष्ट्रपति वाङ क्विशानसँग शिष्टाचार भेट गर्दै । तस्विर- एपी
काठमाडौँ, ४ वैशाख – चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज चीनका उपराष्ट्रपति वाङ क्विशानसँग शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै उहाँले आफ्ना समकक्षी वाङ यीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुभयो ।
यसअघि परराष्ट्र मन्त्री ज्ञवालीलाई बेइजिङस्थित नेपाली दूतावासले स्वागत गरेको थियो । मन्त्री ज्ञवालीको सम्मानमा दूतावासद्वारा आयोजित स्वागत समारोहमा उहाँले नेपालले संविधान जारीसँगै पछिल्लो तीन वर्षमा राजनीतिक क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको अवगत गराउँदै संविधानको कार्यान्वयनका लागि तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो ।
उहाँले दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गर्दै चीनले नेपालको हरेक क्षेत्रमा गर्दै आएको सहयोगको सरहाना गर्नुका साथै आगामी दिनमा समेत अझ बढोत्तरी हुंदै जाने अपेक्षा गर्नुभयो ।
मन्त्री ज्ञवालीले नेपाल चीनको शान्तिपूर्ण विकास देखेर खुशी हुनुका साथै शान्तिपूर्ण सहअस्तित्व, पञ्चशीलको सिद्धान्तका आधारमा विश्व मामिला प्रवर्धनमा चीनको बढ्दो भागिदारीका साथ विश्व आर्थिक विकास र स्थिरताको सम्भावना देखिएको उल्लेख गर्नुभयो ।
समारोहमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, दूतावासका कर्मचारी, अन्य कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँ चीनका विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार चीन प्रस्थान गर्नुभएको हो ।
भ्रमणका दौरानमा उहाँले विदेशमन्त्री वाङसँग औपचारिक द्विपक्षीय भेटघाट गर्ने र बेइजिङमा त्यहाँका उच्च राजनेतासँग भेटघाट गर्ने कार्यक्रम छ । उहाँ आगामी शनिबार स्वदेश फर्कनु हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता