काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले मंगलबार खारेज गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले राष्ट्रपति भण्डारीको शपथसम्बन्धी विवादको रिट निवेदन खारेज गरेको हो ।
अवकाश प्राप्त प्रधानन्यायाधीशले राष्ट्रपति भण्डारीलाई शपथ ग्रहण गराउनु असंवैधानिक भएको उल्लेख गर्दै अधिवक्ताद्वय नारायण खरेल र हेममणि सुवेदीले गत चैत १४ गते रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदनमा न्याय परिषद्मा भएको तत्कालीन प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रअनुसार गत साउन २१ गते नै उमेर हदले ६५ वर्ष पुगेको हुँदा उनले खुवाएको शपथग्रहण गैरकानूनी भएको उल्लेख गरिएको थियो ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह