काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा रामदेव यादवलाई घुस रकमसहित मंगलबार पक्राउ गरेको छ ।
निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई तीनमहिने प्रशिक्षण गराउने प्रयोजनका लागि रु ३७ हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको जनाएको छ ।
आयोगले आजै सेवाग्राहीसँग घुस रकम लिने सिरहा कल्याणपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख वासुदेवकुमार यादव र लेखापाल जयराम चौधरीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
उनीहरुले सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग रु २० हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन