काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा रामदेव यादवलाई घुस रकमसहित मंगलबार पक्राउ गरेको छ ।
निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई तीनमहिने प्रशिक्षण गराउने प्रयोजनका लागि रु ३७ हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको जनाएको छ ।
आयोगले आजै सेवाग्राहीसँग घुस रकम लिने सिरहा कल्याणपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख वासुदेवकुमार यादव र लेखापाल जयराम चौधरीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
उनीहरुले सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग रु २० हजार घुस रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन