काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान टु वान’ वार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पार्टी एकताका विषयमा दुई नेताहरुबीच छलफल भएको बताइएको छ ।
पार्टी एकता प्रक्रिया अगाडि बढाउने विषयमा दुवै नेताबीच छलफल सकारात्मक रहेको बताइएको छ । यसअघि आइतबारका लागि तय गरिएको बैठक दाहाल ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे गएपछि सोमबार विहानका लागि सारिएको थियो ।
दाहाल सुकुटेबाट सिधै सोमबार अपरान्ह बालुवाटार पुगेका थिए । दुई नेताहरुबीच झण्डै एक घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । पछिल्लो समय एमाले र माओवादी पार्टी एकताका विषयमा विभिन्न संसयहरु मिडियामा ब्याप्त छन् ।
प्रधानमन्त्री ओली दक्षिण छिमेकी भारतबाट फर्केलगतै चैत २७ मा बस्ने भनिएको एकता संयोजन समितिको बैठक बस्न सकेको छैन् । दुई नेताहरुबीच एकता संयोजनको बैठक मंगलबार बस्ने तय भएको छ ।
दुई पार्टीको कार्यदलले ९ बैशाखमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर पार्टी एकता गर्न सुझाव दिएको छ । उक्त सुझावलाई यसअघि बसेको पार्टी एकता संयोजन समितिको बैठकले सकारात्मक रुपमा लिएको थियो ।
एमाले र माओवादीबीच पार्टी संगठनमा कसरी समायोजन गर्ने, जनयुद्ध शब्द प्रस्तावनामा राख्ने नराख्ने र चुनाव चिन्ह सुर्य राख्ने नराख्ने विषयमा कुरा मिलिसकेको छैन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान