काठमाडौँ-सर्वोच्च अदालतले आजदेखि नियमित पत्रकार सम्मेलन शुरु गरेको छ । नियमित पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले नौ महिनामा आठ हजार ३२४ मुद्दा फरछयौट गरेको विवरण सर्वाजनिक गरेको हो ।
आइतबार अदालतमा पत्रकार सम्मेलन गरेर अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले साउनदेखि चैतसम्म आठ हजार ३२४ मुद्दा फरछयौट गरेको बताए ।
सर्वोच्चले नियमित पत्रकार सम्मेलन गर्ने कार्य तालिकाअनुसार आज पहिलो पटक पत्रकार सम्मेलन गरेर मुद्दाको फरछयौट विवरण सार्वजनिक गरेको हो ।
उनले गत वर्षभन्दा यो वर्ष मुद्दा फरछयौट बढेको बताउनुभयो । गत वर्ष २७ हजार ९२९ मुद्दामा २९.८ प्रतिशत मात्र मुद्दा फरछयौट भएको उनले बताए ।
विसं २०७४ भन्दाअघि २१ हजार १७३ मुद्दा र विसं २०७४ मा छ हजार ७५६ मुद्दा सर्वोच्चमा परेका थिए । उनले अतिरिक्त समयमा न्यायाधीशले काम गरेको र एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा ल्याएर सुनुवाइ गर्दा मुद्दा बढेको बताए।
उनका अनुसार अझै १९ हजार ६०५ मुद्दा फरछयौट गर्न बाँकी रहेको छ । अदालतमा गत वर्ष दुई वर्ष नाघेका चार हजार ४३१ र पाँच वर्ष नाघेका एक हजार २२६ मुद्दा फरछयौट गरिएको छ, जसको प्रतिशत क्रममा ३३.९६ प्रतिशत र ३५.५४ प्रतिशत रहेको छ ।
अबदेखि सबै सञ्चार माध्यमलाई अदालतका न्याय सम्पादनबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५. ३० बजेसम्म र शुक्रबार ३.३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गर्ने भएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता