
रारा कर्णाली पर्यटन बर्षको शुभारम्भ कार्यक्रम समुदघाटन गर्न शुक्रबार मुगु पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार विहान मुगुको राराबाट देशवासीको नाममा सम्बोधन गर्नुहुँदै । तस्वीर सौजन्य – प्रधानमन्त्रीको सचिवालय
मुगु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को आज यहाँ एक समारोहबीच उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै ‘छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बुढेशकाल लागेपछि गारहो हुँदोरहेछ’ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सेण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो ।
आज मात्र १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ