
रारा कर्णाली पर्यटन बर्षको शुभारम्भ कार्यक्रम समुदघाटन गर्न शुक्रबार मुगु पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार विहान मुगुको राराबाट देशवासीको नाममा सम्बोधन गर्नुहुँदै । तस्वीर सौजन्य – प्रधानमन्त्रीको सचिवालय
मुगु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को आज यहाँ एक समारोहबीच उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै ‘छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बुढेशकाल लागेपछि गारहो हुँदोरहेछ’ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गानिक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सेण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने र यो वर्ष विद्यार्थी भर्नाका लागि राष्ट्रिय अभियान अगाडि बढाउने धारणा व्यक्त गर्नुभयो ।
आज मात्र १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता