भक्तपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सुरक्षा चुनौतीको सामना गर्नका लागि सुरक्षा निकायलाई सधैं तयार रहन निर्देशन दिएका छन् ।
नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले मुलुक अहिले शान्तिपूर्ण अवस्थामा रहे पनि भविष्यमा आउन सक्ने खतरातर्फ सजग हुनुपर्ने औंल्याए ।
प्रधानमन्त्रीले भने, ‘हाम्रो देशभित्र केही अतिवादी तत्वहरू हिंसात्मक गतिविधिमा सक्रिय हुन थालेका छन्, देशमा जातीय र क्षेत्रीय नाममा द्वन्द्व फैलाउने सक्ने खतरा देखिएको छ, यी विषयहरू सुरक्षा चुनौतीको रुपमा आउन सक्छ, यसतर्फ सचेत हुन आग्रह गर्दछु ।’
ओलीले राष्ट्रिय सुरक्षाका विभिन्न आयामको जानकारी लिई एक्काइसौँ शताब्दीको मुख्य चुनौती र खतरा साइबर सुरक्षाका लागि भरपर्दो योजना बनाएर सुरक्षा निकायबीच समन्वय गर्न आग्रह गरे । नेपाली सेनाले देश निर्माण र शान्ति सैनिकका रुपमा विश्वमा चिनाएको छ भन्दै उनले प्रशंसा गरेका थिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता