महानिरीक्षकद्वयलाई दरज्यानी चिह्न

काठमाडौँमा बुधबार दरज्यानी चिह्न लगाएपछि शुभकामना आदनप्रदान गर्दै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र› खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र› खनाल । तस्बिर – प्रदीपराज वन्त, रासस

काठमाडौँ, २९ चैत – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दरज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दरज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हाल्नुभएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि पदबाट अवकाश पाउनुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री