लन्डन । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ९ अप्रिल, २०१८ मा आरम्भ भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१ औं परिषद् बैठकले संयुक्त अधिराज्यका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि महामहिम डा. दुर्गा बहादुर सुवेदीलाई ‘प्रमोशन एण्ड मार्केट डेभलप्मेन्ट कमिटी’ को उपाध्यक्ष पदमा सर्वसम्मतिले निर्वाचित गरेको छ । उक्त कमिटीको अध्यक्षमा जापानका प्रतिनिधि मिट्सुरियो ताकायांगी निर्वाचित भएका छन् ।
महामहिम डा. सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत तथा ब्राजिलको प्रतिनिधिमण्डलका नेता महामहिम मौरिको कार्भल्हो लिरियोले प्रस्ताव गरेपछि कोतदेभ्यायर, पनामा, केन्या, इन्डोनेसिया, होण्डुरस, एलसाल्भाडोर, कोलम्विया र इथियोपियाका प्रतिनिधिहरुले समर्थन जनाइ सुवेदीलाई सर्वसम्मतिले निर्वाचित गरिएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
कमिटीका नवनिर्वाचित उपाध्यक्ष राजदूत सुवेदीले नेपाल सरकारका तर्फबाट सबै सदस्य राष्ट्रहरुलाई समर्थनको लागि आभार व्यक्त गर्दै आफूले प्राप्त गरेको जिम्मेवारी इमान्दारीपूर्वक एवं उत्साह र उर्जाको साथ निर्वाह गर्ने बताए । गुणस्तरीय कफी उत्पादनको प्रवर्धनका साथै कफी बजारको विस्तार आजको आवश्यकता हो भन्दै राजदूत सुवेदीले आफ्नो कार्यकालमा नेपाल लगायत अति कम विकसित र विकासोन्मुख मुलुकहरुको कपी उत्पादन र बजार प्रवर्धनका लागि ठोस र सार्थक कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
स्मरणीय छ, नेपालले २२ फेब्रुअरी २०१७ मा मात्र अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको हो भने नेपाल सरकारले राजदूत सुवेदीलाई २९ जुन, २०१७ मा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त गरेको हो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न