लन्डन । कुश्मा नगरपालिकाले गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यलाई आफ्नो विदेश सल्लाहकारमा मनोनयन गरेको छ ।
नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई एक पत्र लेखी कुश्मा नगरपालिकाको वृहत्तर विकास र समृद्ध नगर बनाउन आचार्यबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले वैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नगरको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्न आचार्यलाई आधिकारिकता प्रदान गरिएको पनि जनाएका छन्।
पर्वतको धाइरिङमा जन्मिएका आचार्यले पर्वत जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा थुप्रै सहयोग गर्दै आएका छन् ।
‘यो मेरा लागि एउटा सम्मान र आत्मीयताको विषय पनि हो । मेरो जन्मभूमि लगायत कुश्मा नगरपालिकाको विकासका लागि मैले सक्दो काम गर्नेछु’- आचार्यले भने।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल