लन्डन । कुश्मा नगरपालिकाले गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यलाई आफ्नो विदेश सल्लाहकारमा मनोनयन गरेको छ ।
नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई एक पत्र लेखी कुश्मा नगरपालिकाको वृहत्तर विकास र समृद्ध नगर बनाउन आचार्यबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले वैदेशिक सल्लाहकारको हैसियतले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा नगरको तर्फबाट आधिकारिक प्रतिनिधित्व गर्न आचार्यलाई आधिकारिकता प्रदान गरिएको पनि जनाएका छन्।
पर्वतको धाइरिङमा जन्मिएका आचार्यले पर्वत जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा थुप्रै सहयोग गर्दै आएका छन् ।
‘यो मेरा लागि एउटा सम्मान र आत्मीयताको विषय पनि हो । मेरो जन्मभूमि लगायत कुश्मा नगरपालिकाको विकासका लागि मैले सक्दो काम गर्नेछु’- आचार्यले भने।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?