काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखबाट नै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले विगतमा प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा विभिन्न तरिकाबाट उडाउने काम भएको भन्दै मन्त्री महासेठले पानीजहाजको सपना साकार हुने दाबी गरे ।
बैशाखको पहिलो साताबाट नै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम अघि बढ्ने पनि उनले बताए । भारत भ्रमण दलका सदस्यसमेत रहेका मन्त्री महासेठले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भारत र नेपाल दुवै देशका प्रधानमन्त्रीले अहिलेसम्म भएका सन्धि-सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकाले आफूहरु भारतसँग भएका सम्झौता कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त रहेको पनि बताए ।
मन्त्री महासेठले प्रधानमन्त्रीको तीनदिने भारत भ्रमण सफल र उपलब्धिमूलक भएको पनि बताए । भ्रमणको दौरानमा भारतसँग राष्ट्रिय हित, सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रतालाई ध्यानमा राखेर सहमति गरेको स्पष्ट पारे ।
भारतसँग विगतमा भएका कुरा बिर्सिएर अब नयाँ ढंगले अघि बढ्ने समझदारी भएको पनि उनले जानकारी गराए ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय