कैलाली-नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता वैशाखमा टुंगो लाग्न सक्ने बताएका छन ।
एमाले प्रदेश संगठन कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले दुवै पार्टीका तर्फबाट प्रतिवेदन तयार भएर पेश भइसकेकाले अब छिट्टै पार्टी एकता हुने जानकारी दिए ।
नेता रावलले संघीय मन्त्रिपरिषद्मा प्रदेश नं ७ बाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरेर एमालेका २० सांसद भए पनि सरकारमा प्रतिनिधित्व नगराइनु अन्यायपूर्ण भएको बताउँदै यस प्रदेशबाट संघीय सरकारमा तत्काल यथोचित र न्यायोचित प्रतिनिधित्व गराउनसमेत माग गरे ।
प्रदेश ७ को आर्थिक र व्यापारिक केन्द्रको रूपमा रहेको धनगढीसँग जोडिएको भारतीय गौरीफन्टा नाका बन्द नगर्न र यसलाई अझै सुविधायुक्त बनाउँदै लैजान प्रदेश कमिटीको बैठकले माग गरेको पनि नेता रावलले बताए ।
प्रदेश कमिटीको बैठक चैत २३ देखि २६ गतेसम्म धनगढीमा बसेको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता