काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय हित र अखण्डतालाई केन्द्रमा राखेर आफूले भारतसँग केही समझदारी गरेको बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको पांचौं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले देश र जनतालाई समृद्ध बनाउन भारतसँग गरिएको समझदारीबाट कृषि, रेलमार्ग र जलमार्गमा नयाँ आयाम थप हुने बताए । काठमाडौँ–रक्सौल रेलमार्गलाई चाँडो बनाउन नेपाल र भारत दुवै मुलुकबाट छिट्टै अध्ययन हुने बताउँदै उनले अब नेपालको राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउने सोचका साथ सरकार गृहकार्यमा रहेको जानकारी दिए ।
सरकारले व्यवसायीको लगानी सुरक्षा गर्ने बताउँदै प्रधानमन्त्री ओलीले पूर्वाधार विकास गरी रोजगारी वृद्धि गर्ने र जनताको आयस्तर बढाउने योजना सुनाए । “देशमा कडा कानूनको व्यवस्था गरी कुनै पनि क्षेत्रमा अनियमितता गर्नेलाई दण्डित गरिने छ”, उनले भने ।
सभामा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले वस्तु तथा सेवा निर्यात नगर्दासम्म मुलुकमा विदेशी विनिमय सिर्जना हुन नसक्ने भएकाले सुनको आयातमा केही नियन्त्रण गर्नुपरेको बताउँदै पछिल्लो समयमा यसको अत्याधिक वृद्धि हुँदै गएकामा चिन्ता व्यक्त गरे ।
महासंघका अध्यक्ष मोहन सुनारले देशभर करीब २५ हजार व्यवसायी सो व्यवसायमा संलग्न रहेको जानकारी दिए ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता