काठमाडौं। क्याबेरियन मुलुक गुयनाको एक अदालतले १२ नेपालीलाई जनही ३० हजार डलर (करिब ३० लाख रुपैया) जरिवाना गरेको छ।
अदालतले उनीहरुमाथि गैरकानुनी रुपमा गुयना छाडेको अभियोगमा सो जरिवाना गरेको हो । जर्जटाउन मेजिस्ट्रेट कोर्टले बिहीबार जरिवानाको रकम तिरेपछि उनीहरुलाई नेपाल डिपोर्ट गर्न निर्देशन दिएको छ। जरिवाना तिर्नका लागि २ साताको समय तोकिएको छ। रकम बुझाउञ्जेल नेपालीहरु प्रहरी हिरासतमा रहने छन्।
कानुनी रुपमै नोभेम्बर १५ मा गुयना पुगेका ती नेपालीहरु अध्यागमन कर्मचारीको आँखा छल्दै छिमेकी देश भेनेजुयला प्रवेश गर्न खोजेका थिए। तर भेनेजुयला प्रवेश गर्ने भिषा नभएका कारण उनीहरुलाई गुयना फर्काइएको थियो। त्यसपछि नेपाली पक्राउ परेका हुन्। अदालतमा नेपालीहरुले आरोप स्वीकार गरेका थिए। पक्राउ परेपछि पहिलो पटक डिसेम्बर ८ मा अदालतमा प्रस्तुत गरिँदा नेपालीहरुले आरोप अस्विकार गरेका थिए।
स्थानीय सञ्चार माध्यमहरुले पक्राउ पर्ने नेपालीमा नर्बु शेर्पा, शंकर सापकोटा, विनोद जोशी, टेन्डी शेर्पा, टेन्डी छिरिङ, प्रकाश नेपाली, धनराज तिमल्सिनासहितका १२ जना रहेको बताएका छन्। पक्राउ परेका नेपालीका वकिलले मानव तस्करीका कारण नेपालीहरु त्यहाँ पुगेको बताएका छन्। गुयना पुगेका नेपालीले २ साताको भिषा प्राप्त गरेका थिए ।
पछिल्लो चरणमा गैरकानुनी रुपमा अमेरिका हिडेका नेपालीलाई मानव तस्करहरुले क्यारेबियन देश पुर्याउने गरेका छन्।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने