पाल्पा-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताएका छन् । पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियो मदनपोखराको २० औँ वार्षिकोत्सवमा उहाँले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुने बताए ।
उनले भने, “अटेरी गरेर बसिरहने हो भने जागिर छोडेर जाँदा राम्रो होला, त्यस ठाउँमा नयाँ पुस्ताका कर्मचारीबाट नयाँ ढंगबाट काम लिइन्छ ।” निर्वाचित जनप्रतिनिधिलाई समेत आफ्नो सेवा र सुविधामा मात्र ध्यान नदिई जनताको सेवामा समर्पित हुन पनि उनले आग्रह गरे ।
पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो मदनपोखराले जनयुद्धमा अनेक धम्की आउँदासमेत जनताको सुसूचित हुने अधिकारको प्रवर्धनका लागि अटल भएर कार्य गरेकोमा प्रशंसा गरे ।
जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, पूर्वसभासद् नारायणी शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव किरण कौशलले सञ्चारको क्षेत्रमा सामुदायिक रेडियो मदनपोखरा एउटा उदाहरणीय जनपक्षीय प्रसारण संस्था बनेको बताए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार