
लण्डन- कार्यक्षेत्रमा महिलाप्रति विभेद रहेको पुष्टि गर्दै बेलायतमा सञ्चालनमा रहेका हरेक १० व्यवसायिक फर्म तथा सार्वजनिक क्षेत्रमा कार्यरत निकायमध्ये झण्डै आठ कम्पनीले महिलाभन्दा पुरूषलाई बढी पारिश्रमिक दिने गरेको बिहीबार सार्वजनिक एक तथ्याङ्कले खुलासा गरेको छ ।
कुनैपनि कम्पनी वा फर्म जसमा २५० भन्दा बढी कामदार रहेका छन्, तिनीहरूमा पारिश्रमिकमा लैङ्गिक विभेद छ वा छैन पुस्टि हुनेगरी ‘सरकारी समरूपता कार्यालय’ मा विवरण बुझाउनुपर्ने कानून प्रधानमन्त्रीको पहलमा ल्याइएको थियो ।
यसै कानून अनुसार बुधबार मध्यरातसम्म १० हजार १५ व्यवसायिक कम्पनीले तथ्याङ्क उपलब्ध गराएका छन् ।
तथ्याङ्क नबुझाएका कम्पनी तथा फर्मलाई कानून अनुसार कारबाही गरिने उक्त कार्यालयले जनाएको छ ।
प्राप्त तथ्याङ्क अनुसार झण्डै ७८ प्रतिशत व्यवसायिक फर्म तथा कम्पनी तथा सार्वजनिक क्षेत्रमा कार्यरत संस्थाले महिला कामदारलाई भन्दा पुरुष कामदारलाई बढी पारिश्रमिक दिने गरेको पाइएको हो ।
यद्यपि १४ प्रतिशतले भने पुरुषलाईभन्दा महिलालाई बढी पारिश्रमिक दिने गरेको प्रतिक्रिया दिएका र आठ प्रतिशतले पारिश्रमिक दिँदा कुनै लैङ्गिक विभेद नगरेको जनाएका छन् ।
तथ्याङ्क अनुसार औषतमा महिला र पुरुषबीचको पारिश्रमिकमा १२ प्रतिशतको फरक पाइएको छ ।
प्रधानमन्त्री टेरेजा मेले यसै हप्ता पारिश्रमिकमा रहेको लैङ्गिक विभेद अन्त्य गरिने बताउनुभएको थियो ।
बेलायतको इतिहासमा मार्गरेट थ्याचरपछि दोस्रो महिला प्रधानमन्त्रीका रूपमा कार्यरत मेले पारिश्रमिकमा गरिने असमानता हटाउन चाहेको देखिन्छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित