काठमाडौँ- निर्वाचनदेखि वाम गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बुझाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैचारिक कार्यदलका संयोजक माधवकुमार नेपाल र संगठन कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापाले एमाले अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको संयोजन समितिमा प्रतिवेदन बुझाएका हुन् ।
यही फागुन १० गते एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नोतर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुंगो लगाउन संयोजन समितिको बैठक बसेको हो ।
प्रतिवेदनमा आगामी वैशाख ९ गते (नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन) एकता घोषणा गर्न सुझाव दिइएको र सोबारे यही चैत २२ मा बस्ने संयोजन समितिको बैठकले निर्णय गर्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
समितिका सदस्य सुवास नेम्वाङले प्रतिवेदनलाई जतिसक्दो छिटो टुंगोमा पुरयाएर वैशाख ९ गते एकता घोषणा गर्न सुझाव दिइएको जानकारी दिए ।
गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सात बुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए । दुई दलबीच गत असोज १७ मा भएको चुनावी तालमेलपछि एकता प्रक्रिया अघि बढेको हो ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) सबैभन्दा ठूलो राजनीतिक दल हो भने नेकपा (माओवादी केन्द्र) मुलुकको तेस्रो राजनीतिक शक्ति हो ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?