
लन्डन । बेलायत सरकारले कामदारहरुको न्यूनतम ज्याला वृद्धि गरेको छ । १ अप्रिलदेखि लागू हुने गरि ज्याला वृद्धि गरिएको हो । अब २५ वर्ष माथिका कामदारको न्यूनतम ज्याला प्रतिघण्टा ७.५० बाट ७ पाउण्ड ८३ पेन्स बढाइएको छ जुन गत वर्षको तुलनामा ४ दशमलव ७ प्रतिशत वृद्धि हो ।
यस घोषणाले पूर्णकालिन कामदारको वार्षिक आय करिब ६ सय पाउण्ड थपिने र कम्तीमा २० लाख कामदार लाभान्वित हुने अपेक्षा छ ।
२१ देखि २४ वर्ष उमेरकाले भने प्रतिघण्टा ७ पाउण्ड ३८ पेन्स पाउंछन् जुन यसअघि ७ पाउण्ड ५ पेन्स थियो । त्यसैगरि, १८ देखि २० वर्ष उमेरका कामदारलाई ५ पाउण्ड ६० पेन्सबाट ५ पाउण्ड ९० पेन्स वृद्धि गरिएको छ ।
अर्थमन्त्री फिलिप हयामण्डले गत नोभेम्बरको अटम बजेटमा न्यूनतम ज्याला वृद्धि गर्ने घोषणा गरेका थिए । वर्तमान
टोरी सरकारले सन् २०२५ सम्म प्रतिघण्टा ९ पाउण्ड बनाउने प्रतिज्ञा गरेको छ ।
‘आजदेखि लाखौं मानिसको खल्तीमा धेरै पाउण्ड हुनेछ र उनीहरुले आफूले कमाएको ज्यालाको धेरै अंश आफैंसंग राख्न पाउनेछन्’, एक वक्तव्यमा ब्रिटिश अर्थमन्त्री हयामण्डले भनेका छन्, ‘नेशनल लिभिङ वेज बढाएर, आयकर घटाएर साथै लगातार आठ वर्षसम्म इन्धनमा लगाइने कर स्थिर राखेर हामीले लाखौं मानिसको जीवनस्तर बढाएका छौं । आफ्नो तलब कसरी खर्च गर्ने भनेर उनीहरुलाई थप छनोट दिएका छौं र सबैका लागि काम गर्ने अर्थतन्त्र बनाइरहेका छौं ।’
कन्जरभेटिभकै पूर्व अर्थमन्त्री जर्ज असबोर्नको पालामा सन् २०१६, १ अप्रिलमा सरकारले नेशनल लिभिङ वेजलाई कानुनका रुपमा लागू गरेको हो । एउटा स्वतन्त्र निकाय लो पे कमिसनको सल्लाहमा सरकारले वर्षेनी ज्याला पुनरावलोकन गर्दै आएको छ ।
लिभिङ वेज फाउण्डेशनले भने आधारभूत खर्च धान्न कामदारले वर्षमा थप ६ हप्ता अतिरिक्त काम गर्नुपर्ने अवस्था रहेको औंल्याएको छ । फाउण्डेशनकी निर्देशक टेस लेनिङका अनुसार करिब ५५ लाख मानिसले नियमित आधारभूत खर्च भन्दा कम कमाइ गर्छन् ।
उता, एउटा ट्रेड युनियन द ट्रेडस युनियन कंग्रेसले ब्रिटेनभर सप्लाइ चेनमा काम गर्ने करिब ५० लाख कामदारले होलिडे पे र न्यूनतम ज्याला नपाउने जोखिम रहेको औंल्याएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी