ललितपुर, १९ चैत – ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मानस्वरुप चालकसहित सवारी साधन र एक सुरक्षाकर्मी प्रदान गरेको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीलाई सम्पर्क गर्न मोबाइलसहित सो सवारी साधन हस्तान्तरण गर्नुभयो । सो अवसरमा जोशीले महानगरपालिकाले गरेको सम्मानबाट आफूले गौरवको महसुस गरेको बताउनुभयो । महाननगर प्रमुख महर्जनले जोशीजस्ता महान् व्यक्तिलाई सम्मान गर्न पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताउनुभयो ।
गाडीका लागि आवश्यक खर्चसमेत महानगरपालिकाले बेहोर्ने बताइएको छ । यही चैत १५ गते बसेको महानगरकार्यपालिकाको बैठकले जोशीलाई सुरक्षाकर्मी र सवारी साधन प्रदान गर्ने निर्णय गरेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?