
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार साँझ बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श समितिको बैठक । तस्बिर सौजन्य – प्रधानमन्त्रीको सचिवालय, रासस
काठमाडौँ, १८ चैत – राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माणको काम हरसम्भव उपाय अवलम्बन गरेर पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको परामर्श परिषद्को बैठकमा भूकम्पपछिको पुनःनिर्माणमा हालसम्म भएको प्रगतिको समीक्षा भएको प्रवक्ता यामलाल भुसालले जानकारी दिनुभयो ।
परामर्श परिषद्को आजको बैठकपछि पुनःनिर्माणको बाँकी कार्यलाई थप प्रभावकारी र चुस्त ढंगबाट अघि बढाउन विस्तृतरुपमा छलफल गर्न आगामी मंगलबार निर्देशक समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता भुसालले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पुनःनिर्माणको कामलाई कुनै पनि बहानामा नअल्झाउन तथा हरसम्भव प्रयास गरेर पूरा गर्न निर्देशन दिनुभएको थियो ।
“निर्माणको काम धिमा गतिमा भयो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसलाई गति दिनुपर्छ । कतिपय पीडितले मापदण्ड नपुरयाइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज होइन ।”
“भूकम्प गएको तीन वर्षपछि मापदण्डको फित्ता र डण्डी लिएर गएर हुँदैन । निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनुपर्दछ,” उहाँले भन्नुभयो ।
पहिलेदेखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउन निर्देशन दिँदै उहाँले ऐन कानूनले केही अफ्ठ्यारो पार्छ भने सच्याएर अरुले पाएसरह सुविधा दिने व्यवस्था गर्नुपर्दछ ।
प्रधानमन्त्री ओलीले सिंहदरबार भवन पुनःनिर्माण विश्वविद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको उल्लेख गर्दै सिंहदरबारको मूल भवनमा भइरहेको रेट्रो फिटिङको ढिलाईप्रति असन्तुष्टि जनाउनुभयो ।
अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा शुरु गरेको ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रम अलपत्र परेकोमा अब तिव्रता दिइनेछ भन्नुभयो ।
परिषद्मा १४ जना सांसद मनोनीत
प्रधानमन्त्री ओलीले भूकम्प अतिप्रभावित क्षेत्रका १४ जना सांसदलाई परिषद्मा मनोनीत गर्नुभएको छ ।
मनोनीत हुनेमा यज्ञराज सुनुवार, पार्वत गुरुङ, श्यामकुमार श्रेष्ठ, अग्नि सापकोटा, गंगाबहादुर तामाङ, हरिबोल गजुरेल, प्रेम सुवाल, गगनकुमार थापा, मोहन आचार्य, भूमि त्रिपाठी, हितबहादुर तामाङ, पम्फा भुसाल, विरोध खतिवडा र हरिराज अधिकारी हुनुहुन्छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?