
काठमाडौँ, १८ चैत – उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ ।
उहाँको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उहाँकै निवासमा राखिएको छ ।
बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका सुपुत्र अनुराग खड्का आज नेपाल आएपछि धार्मिक विधि र परम्परागत प्रक्रिया पूरा गरेर मात्रै उहाँको पार्थिव शरीरलाई दिउँसो पार्टी कार्यालयमा राखिने बताइएको छ । यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ बजे बस्ने भनिएको सातौं दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सभामुख कृष्णबहादुर महराले नेपाली काँग्रेसका नेता स्व खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
आज सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
सभामुख महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गर्नुभएको भयो ।
श्रद्धाञ्जलिपछि परिवारजनसँग कुरा गर्दै उहाँले केही समयअघि खड्कासँग नियमित भेटघाट तथा कुराकानी हुँदै आएकामा पछिल्लो पटक एक महिनाअघि मात्रै भेटघाट भएको उल्लेख गर्दै सभामुख महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताउनुभयो ।
श्रद्धाञ्जलि दिन निवास पुग्नुभएका काँग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पुरयाउन सभामुख महराले आग्रहसमेत गर्नुभएको थियो ।
दाङ, १८ चैत – विकासप्रेमी नेता खुमबहादुर खड्काको निधनले दाङ स्तब्ध भएको छ ।
दंगालीहरुले विकासप्रेमी नेतालाई गुमाएको अभिव्यक्ति दिएका छन् । खड्कालाई पार्टीमा जेसुकै भनिए पनि जिल्लाको विकास निर्माणमा उदार मनको नेता भएकाले सबैले उहाँको उच्च सम्मान गरेका छन् । “खुमबहादुर साँच्चै प्रजातन्त्रका योद्धा अनि जुधारु नेता पनि हुनुहुन्थ्यो, उहाँलाई गुमाउनुपर्दा धेरै दुःख लागेको छ”– बयोवृद्ध दलबहादुर वलीले भन्नुभयो ।
प्रजातन्त्रका सेनानी तिलक डांगीले स्व खड्का निःस्वार्थ विकासप्रेमी नेता भएको बताउनुभयो, “जिल्लाको विकास, निर्माण र समृद्धिको काम गरेर कुशल संगठकका रुपमा पनि प्रजातन्त्रको कुशल नेतृत्व गुमाएका छौँ, प्रजातन्त्रका लागि अहोरात्र खट्ने, कुशल संगठनकर्ता, विकासप्रेमी नेता खड्काको निधनले एउटा विकासको नक्षत्र हो । ”
स्व खड्काको जन्मथलो घोराही उपमहानगरपालिका–५ गाविस वडा नं ६स्थित भैसाप्रथा गाउँ शोकमा छ । स्थानीयवासी आफूहरुले मात्र नभएर देशले नै अभिभावक गुमाएको बताए
विगतमा उहाँको नाम सुन्दा खुशीले प्रफुल्ल हुने स्थानीयवासीमा मृत्युको खबर सुन्दा अप्रत्यासित लागि रहेको स्व। खड्काका अभिभावक समेत रहनुभएका स्थानीयवासी सुरवीरसिंह वली बताउनुभयो । “खुमबहादुरको उपचारको क्रममा मृत्यु भएको सबैले सुनाउँछन्, तर मलाई विश्वासै लाग्दैन”, खड्कासँगै बाल्यकाल बिताउनुभएका उहाँले भन्नुभयो ।
“पहिले गाउँमा सडक थिएन, खानेपानीका लागि एक घण्टा हिँडेर जानुपथ्र्यो, तर खुमबहादुर मन्त्री भएको बेलामा गाउँमा कुवा बनाइदिनुभयो, बिजुली बत्ती ल्याइदिनुभयो, सडक र सिँचाइको व्यवस्थासमेत गरिदिनुभयो” स्थानीय केशरबहादुर केसीले भन्नुभयो । त्यस्तै खड्काको निधनसँगै उहाँको गृह गाउँ लमही नगरपालिका–८ सतवरिया शोकमा डुबेको छ ।
काँग्रेस समर्थकलाई मात्र होइन सबै पार्टीप्रति आस्था राख्ने सबै दुखी बनेका खड्काको निधनमा । खड्का काँग्रेसका नेता मात्र होइन जिल्लाको विकासको सारथी नै हुनुहुन्थ्यो । “सबैको साझा नेता खड्कालाई हामीले गुमाएका छौं, आफ्नो अभिभावक गुमाएको पीडा शब्दमा उतार्न सकिँदैन” लमही नगरपालिका–८ का वडा अध्यक्ष मेघनारायण चौधरीले भन्नुभयो ।
गाविस–६ मा जन्मेका खड्काको कर्मथलो सतवरिया हो । सतवरियामा रहेको उनको घरमा शनिबारदेखि सन्नाटा छाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?