काठमाडौँ, १७ चैत – भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज राति काठमाडौँ ल्याइने भएको छ ।
खड्काको पार्थिव शरीर राति १०.३० बजे नयाँदिल्लीबाट काठमाडौँ आइपुग्ने नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार खड्काको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आइतबार बिहान ९.०० देखि १३.०० बजेसम्म सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ भने त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित ६७ वर्षीय खड्काको शुक्रबार साँझ निधन भएको थियो ।
खड्काको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले शोक विज्ञप्ति प्रकाशित गरी नेपालमा लोकतन्त्र स्थापना र पुनःस्र्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुभएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नुभएका नेता खड्काको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।
नेता खड्काले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनले सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
सभापति देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्काको भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।
आज एक शोक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेलले सिद्धान्त, संगठन र संघर्षको छवि बनाएर जीवनपर्यन्त लोकतान्त्रिक आन्दोलनमा अविश्राम क्रियाशील खड्काको निधनले पार्टीले एक कुशल संगठक र मुलुकले एक जुझारु लोकतान्त्रिक संघर्षशील अनुभवी नेता गुमाएको उल्लेख गर्नुभएको छ ।
वरिष्ठ नेता पौडेलले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना र स्वर्गीय खड्काप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
आज भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा साँझ ५.१५ बजे उहाँको निधन भएको थियो । उहाँ मिर्गौला, छाती र नसासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपण गर्नुभएका नेता खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनको पहिलो साता उहाँलाई नयाँ दिल्लीमा उपचारका लागि लगिएको थियो ।
नेपाली कांग्रेसको राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहनुभएका स्व. खड्का वि.स. २०३३ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर विपी कोइरालासँगै नेपाल फर्कनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय