काठमाडौं-नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको असामयिक निधन भएको छ । शुक्रबार ६७ वर्षको उमेरमा उनको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उपचारमा रहेका नेता खड्काको शुक्रबार अपराह्न ५.१५ बजे निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । खड्का मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए ।
छाती र नशाको समस्या पनि उनलाई थियो । उनको मृगौलामा समस्या देखिएपछि फागुनको पहिलो साता उनलाई दिल्ली लगिएको थियो । उनको ३० महिनाअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो ।
खड्का नेपाली कांग्रेसको शक्तिकेन्द्रका रुपमा चिनिन्छन्। उनले २०४८ सालपछि गृह, जलस्रोतलगायतका शक्तिशाली मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
उनको शवलाई नेपाल ल्याउनका लागि नेपाली कांग्रेस र उनको परिवारबीच कुराकानी भइरहेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न