काठमाडौँ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिएको दरवन्दी अनुसार ५७ हजार ३५४ कर्मचारीलाई अवको एक हप्तामा खटाउन शुरु गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।
‘‘भर्खरै स्थानीय तहको सांगठनिक संरचना मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ’’ उनले भने, ‘‘अव कुन स्थानीय तहलाई कति कर्मचारी आवश्यक हुन्छ । त्यसैको आधारका कर्मचारी खटाउने छौं ।’’
स्वीकृत भएको दरवन्दी अनुसार ३७ हजार ६९६ महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा र १९ हजार ५५८ कर्मचारी स्थानीय तहका स्वास्थ्यचौकी, पशुकेन्द्र शिक्षा, वन लगायत शाखा कार्यालमा रहने छ ।
सचिव थपलियाका अनुसार स्वीकृत ५७ हजार ३५४ कर्मचारीको दरवन्दी अनुसार केही कर्मचारी त्यही स्थानीय तहमा रहेकोले १६ हजार ८० जना मात्र नयाँ कर्मचारी खटाइने छ ।
उहाँले चैत मसान्तसम्म ८० प्रतिशत कर्मचारी खटाइसक्ने बताए । स्थानीय तहमा अहिले ९ हजार ४२ कर्मचारीको दरबन्दी छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे