काठमाडौं। मलेसियाका महान्यायाधीवक्ताले गर्भपतन गराउने एक नेपाली महिला कामदारमाथि मुद्दा चलाउन उनको कार्यालयले गरेको निर्णयको बचाउ गरेका छन्।
ती नेपाली महिला कामदारलाई भ्रुण हत्याको अभियोगमा नोभेम्बर महिनामा एक अदालतले एक वर्षको जेल सजाय तोकेपछि मलेसियाभित्र सो सजायको चर्को विरोध शुरु भएपछि महान्यायधिवक्ता मुद्दाको बचाउ उत्रिएका हुन्।
महान्यायाधिवक्ता तान श्री अब्दुल गानी पटाइलले कानुन उल्लघन गर्ने व्यक्तिविरुद्ध पर्याप्त प्रमाणको आधारमा मुद्दा चलाउने अभ्यासअनुसार नै उनको कार्यालयले नेपाली महिलामाथि अभियोजन दर्ता गरेको बताएका छन्।
मलेसियाको अंग्रेजी दैनिक पत्रिका डेली स्टारलाई पटाइलले अनुसन्धान सकिएपछि उनको कार्यलयको काम शुरु गरेको बताएका छन्।
‘कानुन उल्लंघन गरेको प्रमाणित हुने पर्याप्त प्रमाण छ र अदातललाई कन्भिन्स गर्न संभावना छ भन्ने लाग्छ भने हामी मुद्दा अघि बढाउँछौ, ‘ नेपाली महिलाको मुद्दाको विषय प्रतिक्रिया दिँदै उनले भने।
२४ वर्षकी नेपाली महिला कामदारमाथिको अदालती फैसलापछि मलेसियामा प्रजनन् र महिला अधिकार मात्रै नभएर आप्रवासी कामदारमाथि हुने गरेको विभेदको विषयमा मलेसियामा बहस शुरु भएको छ।
स्थानीय मानवअधिकारवादी संघसंस्थाहरुले फैसलाको आलोचना गरेका छन्। मलेसियामा दक्ष चिकित्सकको आमाको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने हो भने २२ सातासम्म वा भ्रुण ५ सय ग्रामसम्मको गर्भपतन गराउने सक्ने व्यवस्था छ। मलेसियामा गर्भपतनको आरोपमा जेल सजाय तोकिएको पहिलो महिला भएको त्यहाका अधिकारवादीहरुले जनाएका छन्। प्रत्येक वर्ष एक लाखको हाराहारीमा गर्भपतन हुने गरेको छ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले अक्टोबर ९ गते पेनाङस्थित एक पोलिक्लिनिक निरीक्षणको क्रममा ती नेपाली महिलालाई पक्राउ गरेको थिए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई