
नियोकद्वारा आइतबार काठमाडौँमा आयोजना गरेको समारोहमा निर्वाचन पर्यवेक्षण मूल प्रतिवेदन लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्वीर – प्रदिपराज वन्त/रासस
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली युरोपियन युनियन (इयु) प्रति कडा रुपमा प्रस्तुत भएका छन् । उनले इयुले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको र हेपेको भन्दै यस्तो नगर्न चेतावनी दिएका छन् ।
आइतबार राजधानीमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को मूल प्रतिवेदन सार्वजनिक गर्दै ओलीले इयुको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न दिएको सुझावले नेपालको सार्वभौमसत्ता र राजनीतिको उपलब्धिको अवमूल्यन गरेको बताए । ‘यो नेपालको सार्वभौमसत्ता र अहिलेसम्मका उपलब्धिलाई अन्डरमाइण्ड गरेको हो,’ उनले भने, ‘म इयुलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्चाउनुपर्छ ।’
उनले इयुको यस्तो गतिविधीबाट नेपाली जनताले हेपिएको महसुस गरेको उल्लेख गर्दै नेपाल गरिब र अविकसित भएपनि कमजोर नआक्न चेतावी दिए । उनले नेपालको निर्वाचन ऐतिहासिक भएको र ७० प्रतिशत मतदान भएको उल्लेख गर्दै यस्तो सहभागिता कमै मुलुकमा हुने उल्लेख गरे ।
ओलीले इयुलाई सरकारले प्रतिवेदन सच्चाउन आग्रह गर्दा सच्चाउँदैंनौं भनेर जिद्धी गरेको बताउँदै निर्वाचन पर्यवेक्षकका नाममा आएका धर्म प्रचारकलाई फिर्ता पठाउँदाको रिस साध्न यस्तो प्रतिवेदन ल्याइएको बताए । ‘हामीले गलत प्रतिवेदन सच्चाउन भन्यौं, जिद्धी गर्दै सच्चाउन भन्दैछ,’ उनले थपे, ‘निर्वाचनको पर्यवेक्षणका नाममा धर्मको प्रचार गर्ने काम गर्दैछ, हामीले एक दुई जना पर्यवेक्षकलाई फिर्ता गर्दा त्यसैको रिस साध्न प्रतिवेदन ल्याइयो ।’
उनले नेपालको सार्वभौमिकतामाथि हाल नहाल्न र नहेप्न पनि इयुलाई चेतावनी दिए । यसअघि इयुले सार्वजनिक गरेको प्रतिवेदनलाई परराष्ट्र मन्त्रालयले सच्चाउन भनेको थियो । तर, इयुले आफ्नो प्रतिवेदन नसच्चाउने भन्दै बचाउ गर्दै आएको थियो ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?