काठमाडौँ, १० चैत – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको नयाँ अवसर प्राप्त भएकाले एकताबद्ध भएर अगाडि बढ्न पार्टीको अभियानमा सहयोग पुरयाउन आह्वान गर्नुभएको छ ।
रोल्पा–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विचार, परिवर्तन र पहिचानको प्रतीकका रुपमा रहेको रोल्पाली अभियानलाई बचाइराख्न एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘विचारसहितको नेतृत्व, संगठन र जनताबीचको विश्वास कायम रहेसम्म ठूलो परिवर्तन गर्न सकिन्छ ।’ उहाँले धेरै अप्ठ्यारा दिनमा राजनीति र फौजी अभियानका बेला आफूले रोल्पाबाटै समस्या सुल्झाएको भन्दै रोल्पा विश्वव्यापी पहिचान बनेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रोल्पाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा अघि बढ्ने राजनीतिक परिवर्तनलाई पनि एकताबद्ध भएर सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभामा चितवनबाट निर्वाचित अध्यक्ष दाहाललाई रोल्पा–काठमाडौँ सम्पर्क मञ्चले सम्मान गरेको थियो । त्यसैगरी, अध्यक्ष दाहालले रोल्पामा जन्मिएर देशका विभिन्न स्थानबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्नुभएको थियो ।
सम्मानित हुनेमा सभामुख कृष्णबहादुर महरा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रतिनिधिसभा सदस्य ओनसरी घर्ती र जयपुरी घर्तीसहित प्रदेशसभा सदस्य कुलप्रसाद केसी, भावना सुवेदी, लालकुमारी पुन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्ती र राजकुमार कुँवर हुनुहुन्छ । उहाँहरु सबैको जन्मथलो रोल्पा हो ।
सो अवसरमा सभामुख महराले रोल्पा परिवर्तनको प्रतीक र पहिचान भएको बताउनुभयो । उहाँले समृद्ध रोल्पा नै सबैको नारा हुनुपर्ने उल्लेख गर्नुभयो । रोल्पाले परिवर्तनको नेतृत्व गरेको बताउँदै सभामुख महराले भन्नुभयो, “प्रचण्डलाई रोल्पाले विश्वास गरयो, रोल्पालाई प्रचण्डले विश्वास गर्नुभयो, यो विश्वासलाई अझ माथि उठाउनुपर्छ ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले विकास र पूर्वाधारसहित समाज विकासलाई अगाडि बढाउने बताउँदै भन्नुभयो, “रोल्पाको विकासलाई विशेष प्राथमिकता दिनेछु, शिर झुकाउने गरी काम गर्ने छैन ।”
उहाँले वाम आन्दोलनको ध्रुवीकरण गर्न प्रचण्डले उठाउनुभएको झण्डामा गोलबन्द भई पार्टी एकीकरणको अभियानलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?