काठमाडौँ, १० चैत – नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ ।
दुवै विश्वविद्यालयले प्रत्येक वर्ष संयुक्तरुपमा गोष्ठी, प्राध्यापक, अध्येता र विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको हो ।
मुख्य चारबुँदा र नौ वटा सहायक बुँदामा शुक्रबार संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा डा काशीनाथ न्यौपाने र अक्सफोर्ड विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रतिनिधि डा बिहान ओल्सनले हस्ताक्षर गरे ।
कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले सम्झौताले वैदिक ज्ञानराशिलाई विश्व समुदायमा पस्कने बाटो खोलेको बताए । शिक्षाध्यक्ष प्रा रमेशप्रसाद ढकालले हिमाली क्षेत्रको गहन ज्ञान राशिबाट विश्वभरका जनता लाभान्वित हुने समय आएको विचार राखे ।
अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा न्यौपाने, अक्सफोर्ड विश्वविद्यालय अनुसन्धान केन्द्रका प्रतिनिधि ओल्सनलगायतले नेपालमा भएका दार्शनिक ज्ञानलाई विश्व समुदायले उपयोग गर्न सक्ने अवसर प्राप्त भएकामा खुसी व्यक्त गरे ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने