
आइपिएल टिम दिल्ली डेयर डेभिल्सले बिहीबार काठमाडौँमा सन्दीप लामिछानेलाई १ नम्बरको जर्सी हस्तान्तरण गर्दै दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दुवा । तस्बिर- रोशन सापकोटा/रासस
काठमाडौं–क्रिकेटको सबैभन्दा महंगोमध्येको एक प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयर डेभिल्सले सन्दीप लामिछानेलाई १ नम्बरको जर्सी दिएको छ । बिहीबार साँझ दरबारमार्गको होटल अन्नपूर्णमा एक कार्यक्रम गरी दिल्लीले उनलाई उक्त जर्सी दिएको हो ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशरकुमार विष्ट र दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवाले संयुक्त रुपमा सन्दीपलाई १ नम्बरको जर्सी हस्तान्तरण गरेका हुन् ।
सन्दीप स्वयंको रोजाइ जर्सी नं. २५ हो । उनी नेपाली टिममा सोही जर्सी लगाएर खेल्ने गर्छन् । उक्त जर्सी अरु खेलाडीले नै लिइसकेकाले सन्दीपलाई १ नम्बरको जर्सी दिइएको हो ।
कार्यक्रममा बोल्दै दिल्लीका सिइओले सन्दीपलाई आफूहरुले एक नम्बर नै भएको हेर्न चाहेको बताए । उनले प्लेइङ ११ मा पर्ने नपर्नेबारेमा सोधिएको प्रश्नमा भने त्यसको निर्णय कप्तान र प्रशिक्षकले गर्ने बताए ।
दुवाले सन्दीपलाई आफूहरुले एक वर्षदेखि पछ्याइरहेको र उनको बलिङबाट प्रभावित भएर आइपिएल टिममा अनुबन्ध गरेको बताए ।
सन्दीपले आफूले जतिसक्दो राम्रो गर्ने प्रयास गर्ने र टिमको जितमा नै आफ्नो मुख्य प्राथमिकतामा पर्ने बताए । उनी आइपिएलमा अनुबन्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]