काठमाडौँ-एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत छनोट चरणको अन्तिम खेलका लागि आज २० सदस्यीय टोलीको घोषणा गरिएको छ ।
यही चैत १३ गते कतारको दोहामा हुने यमन विरुद्धको खेलका लागि अखिल नेपाल फुटबल संघले २० सदस्यीय टोलीको घोषणा गरेको हो ।
छनोट हुने खेलाडीको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् । त्यसैगरी विमल घर्ती मगर, नवयुग श्रेष्ठ, विशाल राई, रोहित चन्द र हेमन गुरुङ, हेमन्त थापा मगर र सुजन श्रेष्ठ छनोट भएका छन् ।
सुनिल बल, अन्जन विष्ट, सुमन लामा, दिनेश राजवंशी, विराज मर्हजन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, जर्ज प्रिन्स कार्की र अनन्त तामाङ टोलीमा अटाएका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा ग्योतोकु कोजी छन् भने प्रशिक्षकमा राजुकाजी श्रेष्ठ तथा गोलकिपिङ प्रशिक्षकमा उज्जवल मानन्धर रहेका छन् ।
नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । समूह ‘एफ’मा नेपालसहति यमन, फिलिपिन्स र ताजकिस्तान छन । नेपाल २ अंकसहित अंक तालिकाको अन्तिम स्थानमा छ ।
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला