
लन्डन । लन्डन साउथ हयारोस्थित नेपालीका दुई स्टोर एभरेष्ट सुपर मार्केट र दोभान स्टोर ‘मर्ज’ को निष्कर्षमा पुगेका छन् । नेपाली खाद्य सामाग्रीहरुको विक्रेता ति स्टोरका सञ्चालकहरुबीच शनिबार सांझ गाभिने प्रक्रियाबारे अन्तिम समझदारी भएको छ ।
एभरेष्ट सुपर मार्केटका निर्देशक गंगा राना र दोभान स्टोरका निर्देशक गोपीराम गुरुङले स्टोर मर्जको सहमति पत्रमा हस्ताक्षर गरे ।
अब मर्ज भएसंगै दोभान एभरेष्टमा विलय भइ एभरेष्ट सुपरमार्केटको नाम भविष्यमा परिवर्तन हुने सञ्चालकले बताएका छन् । ‘नेपाली सामान, नेपाली ग्राहक र एकै प्रकृतिका व्यवसाय भएपछि प्रतिष्पर्धा भन्दा मिलेर जाने विकल्प उत्तम लाग्यो’- सञ्चालकद्वयको भनाइ छ ।
स्थानीय नेपाली ग्राहकहरुलाई एकै थलो (वान स्टप सर्भिस) मा अधिकतम सेवा, लाभ र गुणस्तर प्रदान गर्न ‘मर्ज’ गरिएको गोपीरामले जनाए ।
ग्राहकलाई अपनत्व महशुस गराउन अब स्थानीय क्षेत्रका करिब पच्चीस सय नेपाली ग्राहकलाई शेयर समेत बांडिने रानाले बताए ।
ति स्टोरमा हरेक किसिमका नेपाली खाद्य सामाग्री उपलव्ध छन् ।
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता