
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग शुक्रबार बुटवलस्थित मुख्यमन्त्रीको कार्यालयमा भेटवार्ता गर्दै नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिस र डिएफआइडी नेपालका प्रमुख डा. रुरिक मार्सदेन । तस्वीर – भरत केसी, बुटवल, रासस
बुटवल, २ चैत – प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आज नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिक नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।
मन्त्रीको कार्यालयमा भएको भेटवार्तामा राजदूत मोरिकले आफूहरु नेपालको नयाँ संरचनाअनुसार बनेको प्रादेशिक सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको भेट पछि मुख्य मन्त्रीले पोखरेलले बताउनुभयो ।
उहाँले बेलायत सरकारका तर्फबाट ५ नं प्रदेश सरकारसँग सहकार्य गर्न देखाइएको सद्भावप्रति प्रदेश सरकारका प्राथमिकता निर्धारण गरी छिट्टै नै कार्यान्वयनका लागि अनुरोध गर्ने बताउनुभएको थियो ।
सो टोलीले प्रदेश ५ मा खासगरी विकास, कृषि र वातावरणीय संरक्षणको क्षेत्रमा काम गर्नसक्ने भेटमा राजदूत मोरिकले आफूलाई जानकारी गराएको समेत मुख्य मन्त्रीले बताउनुभयो । उहाँले प्रदेश सरकारलाई परियोजनाका लागि वैदेशिक सहयोग जुटाउन सक्ने भए पनि यसको संघीय सरकारसँग पूर्व अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थाका बारेमा राजदूतको टोलीलाई स्पष्ट गराउनुका साथै प्रादेशिक योजना आयोगको निर्माणपछि लगानीका विषयमा छलफल गर्न सकिने समेत आफूले जानकारी गराएको बताउनुभयो ।
मुख्यमन्त्रीसँगको भेटमा डिएफआइडी नेपालका प्रमुख डा रुरिक मार्सर्दनलगायत बेलायती राजदूतावासका प्रतिनिधि र डिएफआइडीका अन्य प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने