
बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४ २० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै । तस्बिर – रासस
काठमाडौँ, २८ फागुन – नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको जनाएको छ ।
बंगलादेशको ढाकाबाट चार चालक दलसहित ७१ यात्रु बोकी आएको उक्त विमान दिउँसो २.२० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ श्री सैनिक हवाई महानिर्देशनालय, श्री नं १४ वाहिनी अड्डा, श्री कालीप्रसाद गण (ई), श्री इओडी होल्डिङ युनिट तथा उपत्यका पृतना हेक्वा मातहतबाट सैनिक उद्धारमा खटाएको सैनिक जनसम्पर्क एवं सूचना निर्देशनालयले जनाएको छ ।
रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत अन्य उच्च पदाधिकारी दुर्घटना स्थलमा पुगी उद्धार कार्यको निरीक्षण गर्नुका साथै उद्धार कार्यमा संलग्न सम्पूर्ण व्यक्तिलाई हरसम्भव उपायको अवलम्बन गरी उद्धार गर्न निर्देशनसमेत दिनुभएको थियो ।
विमान दुर्घटनामा परी भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आफन्तजन गुमाएका शोकसन्तप्त परिवारजनमा नेपाली सेना हार्दिक समवेदना प्रकट गर्दछ ।
घाइते यात्रुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दै सेनाले उद्धार कार्यमा सहकार्य गर्ने अन्य सुरक्षा निकायलगायतका उद्धारकर्मीको प्रयासको सराहनासमेत गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने