
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख कृष्णबहादुर महरा सोमबार सिंहदरबार संघीय संसद सचिवालयस्थित कार्यकक्षमा पदबहाली गर्नुहुँदै । तस्बिर – रासस
काठमाडौँ, २८ फागुन – सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत हुनुभएकामा बधाई व्यक्त गर्नुभएको सभामुख महराका सहयोगी राहुल महराले जानकारी दिनुभयो ।
चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज सभामुख महरालाई शिष्टाचार भेट गरी स्थायी समितिका अध्यक्ष झ्याङको शुभकामना पत्र हस्तान्तरण गर्नुभएको हो ।
सो भेटमा उहाँहरुबीच नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने विषयमा छलफलसमेत भएको थियो । भेटमा दुई देशका आपसी चासो र हितका विषयलाई सौहाद्रपूर्वक अघि बढाउने र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ विस्तार गर्दै लैजाने विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा सभामुख महरा र राजदूत युबीच दुई देशबीचको संसदीय अनुभवलाई आदानप्रदान गर्दै अगाडि बढ्ने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो ।
राजदूत युले प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएकामा महरालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने