
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटनाग्रस्त विमानमा घाइतेहरुको केएमसी अस्पताल सिनामंगलमा उपचार हुँदै । तस्बिर- रत्न श्रेष्ठ, रासस
काठमाडौँ-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पुरयाइएको छ ।
उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन (चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।
यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ । केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ । यस्तै नर्भिक अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ ।
नर्भिकमा पाँचको उपचार, दुई गम्भीर
सो अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा