काठमाडौँ, २४ फागुन – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ ।
केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको संगठन कार्यदलले विधान र संगठनका लागि दुई अलग अलग उपसमिति बनाएर मंगलबारसम्म प्रतिवेदन दिन जिम्मेवारी दिए पनि नेताहरुको अन्य व्यस्तताका कारण पूर्ण भइसकेको छैन ।
संगठन कार्यदलका सदस्य एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार बसेको कार्यदलको बैठकले आपसी छलफल जारी राखी प्रतिवेदन तयार गर्ने समझदारी भएको जानकारी दिनुभयो ।
पार्टी एकता संयोजन समितिको यही फागुन ७ गतेको बैठकले एकताका प्रारम्भिक सात आधारमा केन्द्रित रहेर यही फागुन १० गते संगठन र वैचारिकसम्बन्धी कार्यदल बनाइएको थियो ।
वैचारिक कार्यदलको संयोजक एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्छ । दुवै कार्यदललाई यही फागुन २५ गतेभित्र प्रतिवेदन दिन भनिए पनि केही दिन समय थप हुनसक्ने बुझिएको छ ।
प्रतिवेदन आएपछि चैतको पहिलो साता एकता गर्ने तयारी दुवै दलले गरेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क