काठमाडौँ-नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा मंगलबार आयोजित कार्यक्रममा प्रवक्ता देवकोटालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले रातो टीका लगाएर पार्टी प्रवेश गराए ।
सो अवसरमा अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए । राजनीतिक स्थायित्व, समृद्धि र विकासको जनचाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान शुरु गरिएको उनको भनाइ थियो ।
दाहालले भने, ‘संविधानले नै व्यवस्था गरेको समाजवाद प्राप्तिका लागि सबै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली, सक्कली बनेर हुँदैन । पार्टीभित्रै बहस गरेर पार्टीलाई थप परिस्कृत गर्न सकिन्छ ।’
सो अवसरमा अध्यक्ष दाहालले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई माओवादीमा फर्कन आग्रह गरे । अध्यक्ष दाहालले जनताले एकताको पक्षमा आदेश दिएको उल्लेख गर्दै भने, ‘पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला ।’
सो अवसरमा नवप्रवेशी नयाँ शक्तिका प्रवक्ता देवकोटाले डा भट्टराईको मनसाय राम्रो भए पनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरे ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने