
काठमाडौँ, २० फागुन – सर्वोच्च अदालतले राष्ट्रियसभाका तीनजना सदस्यमाथि परेको मुद्दाको आज गर्ने भनिएको सुनवाइ स्थगित गर्दै भोलिका लागि पेशी तोकेको छ ।
अदालतका न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान राउतको संयुक्त इजलासले राष्ट्रियसभाका लागि मनोनीत भएका तीनजना सदस्य
डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेलको सुनवाइ स्थगित गरिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो ।
यसअघि उक्त मुद्दामा प्रकाश राउतले हेरेको हुनाले पुनः हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको उहाँले बताउनुभयो । यही फागुन १३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले तीनजना सदस्यका हैसियतको शपथ नगर्न-नगराउन भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
प्रवक्ता पन्थीले आज स्थगित भएको सुनवाइ भोलिका लागि पेशी तोकिएको बताउनुभयो । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका सदस्यका लागि सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफूहरुलाई मनोनयन नगरेर वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेकालाई मनोनयन गरेको भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा