लन्डन । चार दिन यता निरन्तर परिरहेको भारी हिमपातका कारण बेलायतको जनजीवन अस्तव्यस्त भएको छ । हजारौं स्कुल तथा अस्पताल बन्द भएका छन् । हवाइ तथा सडक यातायात र रेल सेवा पनि नराम्ररी प्रभावित भएको बीबीसीले जनाएको छ । हिमपात जारी रहंदा पूर्वबाट आएको ९० माइल प्रति घण्टाको डरलाग्दो आंधी ‘इम्मा’ कारण मौसम ज्यादै प्रतिकुल भएपछि यूके मेट अफिसले दक्षिण पश्चिम इंग्ल्याण्ड र साउथ वेल्समा उच्च तहको खतरा ‘रातो’ संकेत दिंदै सावधानी अपनाउन अपिल गरेको छ ।
सन् २०११ उक्त प्रणाली लागू भएयता मेट अफिसले तेश्रो पटक ‘रेड अलर्ट’ जारी गरेको हो । यस्तो संकेतमा विध्वंश, यातायात तथा बिजुली अवरुद्ध र जीवननै जोखिममा हुन सक्ने मानिन्छ ।
‘बिस्ट फ्रम द इष्ट’ उपनाम दिइएको प्रतिकुल मौसम र हिमपातपछि चिसिंदो मौसमले हजारौं मोटर राजमार्गमा अलपत्र परेका छन् । बिहीबार राती सवारी नहांक्न गरिएको आग्रह वेवास्ता गर्ने हजारौं चालकहरु कठयांग्रिदो चिसोमा अलपत्र परेका बताइएको छ । अलपत्र परेका चालकहरुको उद्दारका लागि सेना नै परिचालन गर्नुपरेको थियो ।
नेशनल रेलले दक्षिण पूर्वी, उत्तर पश्चिम र दक्षिण पश्चिम इंग्ल्याण्ड तथा स्कटल्याण्डमा रेल सेवा अवरुद्ध भएको जनाएको छ । बेलायतभर २० भन्दा बढि रेल अपरेटरहरुले रेल सेवा न्यून चलिरहेको बताएका छन् । अति व्यस्त लन्डन पेडिङटन रेल स्टेशन झण्डै तीन घण्टा बन्द भएको र केन्टमा ५० वटा स्टेशन बन्द गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।
प्रतिकुल मौसमका कारण ब्रिटेनभरका विमानस्थलबाट उड्ने आन्तरिक तथा बाहय उडान समेत प्रभावित भएका बताइएको छ । शुक्रबार यूके र आइरिसस्थित विमानस्थलबाट १२५० उडान रद्द भए ।
मेट अफिसले कतिपय भागमा ५० सेन्टिमिटर (२० इञ्च) सम्म हिउं परेको जनाएको छ । आपतकालिन सेवाका कर्मचारीहरुले हिउं सफा गर्न संघर्ष गरिरहेका छन् । मौसदवीदहरुले यस्तो मौसम कतिपय ठाउंमा आगामी सातासम्म रहन सक्ने चेतावनी दिएका छन् ।
खराब मौसमका कारण केही मानिसको ज्यान समेत गएको छ । हिउंमा चिप्लिएर कार घरमा ठोक्किंदा कर्नवालमा एक सात वर्षीया बालिकाको मृत्यु भएको छ । लिड्समा ७५ वर्षीया वृद्धा हिउंले ढाकिएको सडकमा मृत फेला परेकी छन् भने हयाम्पसायरमा भ्यान र लरी आपसमा ठोक्किंदा ४६ वर्षीय भ्यान चालकको निधन भएको अखबारहरुले उल्लेख गरेका छन् । साउथ इष्ट लन्डनस्थित डेन्सन पार्कको पानीबाट उद्दार गरिएका ६० वर्षीय स्टेफेन क्याभानाघको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । म्यानचेस्टरको ब्ल्याकलेमा रुख भांचिदा दुई किशोर घाइते भएपछि अस्पताल लगिएको छ ।
हिउंका कारण बिजुली गएपछि इंग्ल्याण्डको उत्तर पश्चिम क्षेत्रका करिब ५ हजार घर अन्धकारमय बनेका छन् । हिउं र तेज गतिको आंधीका कारण मर्मतमा समेत कठिनाइ भएको इलेक्ट्रीसिटी नर्थ वेष्टले जनाएको छ ।
नेशनल ग्रीडले ग्यांस समेत अभाव हुने चेतावनी दिएको छ । इकान्तिपुर
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण