ट्रम्पले ओलीलाई दिए बधाइ

काठमाडौँ, ११ फागुन – अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासन पद्धतिप्रतिको निष्ठा मुखरित भएको बताउनुभएको छ ।

अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताउनुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री