काठमाडौँ, ११ फागुन – अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासन पद्धतिप्रतिको निष्ठा मुखरित भएको बताउनुभएको छ ।
अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताउनुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा