काठमाडौं-विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचार गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ लाख ५९ हजार ७०० बिगो तिराउने फैसला गरेको छ ।
त्यसैगरी दासलाई छ वर्ष कैद, रु ५० लाख २९ हजार ५४ हजार जरिवाना र बोर्डलाई रु २४ लाख ३७ हजार ४१५ बिगो तिराउने तथा खनाललाई रु एक लाख ५४ हजार २२४ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो तिराउने फैसला गरिएको अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले रु एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० भ्रष्टाचार गरेको अभियोगमा निरौलासहित २३ जनाविरुद्ध विसं २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले भ्रष्टाचार अभियोग लागेका अन्य २० जनालाई भने सफाइ दिएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त